काठमाडौं, सोमबार, १९ असोज २०७७ । डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ?
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री के पी शर्मा ओलीसंग प्रश्न गरेका छ्न ।
आज सामाजिक संजाल फेसबुकमा लेखेका छन ।
प्रधानमन्त्रीज्यू, डा.गोविन्द के सी ले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ ? कुन माग जनहित विपरीत छन्? भनी सरकार समक्ष प्रश्न गरेका छ्न ।
तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ?
डा.केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ?
पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्, पूरा गर्नुहोस् । यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ । तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ ।
प्रमज्यू ,ख्याल राख्नुहोला,यदि डा.केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो।









































