Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:००:४२ बिहान
- ADVERTISEMENT -

बस दुर्घटनामा चार घाइते,एकको मृत्यु

प्रकाशित मिति: २०७७ असोज १८, आइतबार

727
Shares

लमजुङ, आइतबार, १८ असोज २०७७ । लमजुङको बेंसीसहर नगरपालिका १ उदीपुर बजार नजिकै डुडाँमुख घुम्तीमा यात्रुबाहक मिनीबस दुर्घटना हुँदा शनिबार बेलुकी एकजनाको मृत्यु भएको छ ।

बेंसीसहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीका लागि छुटेको ग १ ख ६५०१ नम्बरको मिनीबस बेलुका पौने ८ बजेतिर दुर्घटना हुँदा बेंसीसहर नगरपालिका १ धिमिरेगाउँका अन्दाजी २६ बर्षीय अर्जुन परिवारको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार अन्य चारजना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ ।

घाइते हुनेमा राइनास नगरपालिका ८ का १९ बर्षीय सुदिप नेपाली, चालक बेंसीसहर नगरपालिका ४ पुरानोकोटका २८ बर्षीय मनोज गुरुङ, सहचालक बेंसीसहरका ४ कै १८ बर्षीय दिपेन्द्र गुरुङ, र बेंसीसहर नगरपालिका १ उदिपुरका प्रकाश बुढाथोकी रहेका छन् ।
चालक मनोज र बसमा सवार सुदिपको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दुईजनाको उपचार हुन नसकि चितवन रिफर गरिएको छ । सहचालक दिपेन्द्रको अस्पतालमै उपचार भइरहेको छ । प्रकाश भने सामान्य घाइते भएको र घरमै रहेको प्रहरीले बताएको छ । सोधपुछका लागि उनको घरमा प्रहरी टोली खटिएका छन् ।

प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार उक्त बस सडकबाट करिव १०० मिटर तल खसेर दुर्घटना भएको हो । बसले घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

बस तिब्र गतिमा चलाएको पनि हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -