काठमाडौं, शुक्रबार, १६ असोज २०७७ । पछिल्लो १५ दिनमा काठमाडौं उपत्यकामा दुई लाख ५८ हजार एक सय ३९ यात्रु काठमाडौं उपत्यकामा भित्रिएका छन् ।
सार्वजनिक र निजी सवारीमा उनीहरु उपत्यका भित्रिएका हुन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार असोज १ देखि १५ गतेसम्मको अवधिमा दुई लाख ५८ हजार यात्रु भित्रिँदा दुई लाख ७१ हजार आठ सय ४६ यात्रुले उपत्यका छाडेका छन् ।
लकडाउनपूर्व घर गएकाहरु राजधानी फर्किने र चाडपर्व नजिकिँदै गएकाले राजधानी छाड्ने क्रम सुरु भएको महाशाखाले जनाएको छ । १५ दिनकै अवधिमा सानाठूला गरी ६५ हजार सवारीसाधन उपत्यका भित्रिएका छन् भने ६५ हजारकै हाराहारीमा सवारीसाधन बाहिरिएका छन् ।








































