काठमाडौं, शुक्रबार, १६ असोज २०७७ । नेपालमा कोरोना भाइरसका दुई हजार ७ सय २२ थपिएका छन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २१ हजार २ सय ३४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
साथै, पछिल्लो चौबीस घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ७३.६३ प्रतिशत पुगेको छ ।
आइसोलेसनमा ८२ हजार ४५० र क्वारेन्टाइनमा चारहजार ८८५ जना रहेका छन्
त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ । याेसँगै मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।








































