काठमाडौं, शुक्रबार, १६ असोज २०७७ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि आउँदो मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ ।
गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड-१९ का कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यसअघि २०७६ साल चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड-१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो । पछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधाज्ञाको कारण हालसम्म पनि साधारणसभा हुन सकेको थिएन ।
महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति र स्थान तोकेको हो ।








































