Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:३७ बिहान
- ADVERTISEMENT -

समुद्रमाथि चीनले बनायो विश्वकै लामो पुल

प्रकाशित मिति: २०७५ कात्तिक ६, मंगलबार

1384
Shares

एजेन्सी, ६ कत्तिक २०७५ । चीनले समुन्द्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । यो पुल चीनले नौ वर्ष लगाएर निर्माण गरेको हो । सो पुको आउँदो बुधबार उद्घाटन हुँदैछ ।

५५ किलोमिटर लामो हङकङ–झुहाई–मकाउ पुल आउँदो बुधबारबाट सर्वसाधारणका लागि खुला गरिँदैछ । यो पुलले मेनल्याण्ड चीनमा रहेको झुहाई शहरलाई हङकङ र मकाउसँग जोड्नेछ ।

यो पुल समुद्रमाथि र समुद्रमुनि सुरुङसहित तयार पारिएको छ । समुद्रमाथि २२.९ किलोमिटर र समुद्रमुनि ६.७ किलोमिटर लम्बाई रहेको छ । पुलको बाँकी भाग जमिनमाथि नै बनाइएको छ । सुरुङको दुवैतर्फ कृत्रिम द्वीप बनाइएको छ ।

यो पुल बनाउन ४ लाख टन स्टील प्रयोग भएको बताइएको छ । यो पुलले ८ रेक्टर स्केलसम्मको भूकम्पलाई सजिलै प्रतिरोध गर्न सक्नेछ । पुल बन्नुभन्दा पहिले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुआई जान चार घण्टा लाग्दथ्यो । अब भने यो यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

कतिपयले यो पुलको निर्माणलाई महत्वाकांक्षी बताए पनि कतिपयले भने चीनले हङकङ र मकाउमाथि आफ्नो नियन्त्रण भएको राजनीतिक सन्देश दिन चाहेको पनि बताएका छन् । यो पुल बनाउन १२० अरब युआन झण्डै १७ अरब अमेरिकी डलर खर्च भएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -