Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:०७ बिहान
- ADVERTISEMENT -

डा. गोविन्द केसीलाई अनसन फिर्ता लिई कारोनाविरुद्धको साझा लडाईंमा सक्रिय हुन आग्रह

प्रकाशित मिति: २०७७ असोज १५, बिहीबार

588
Shares

काठमाडौं, बिहिबार, १५ असोज २०७७ । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिई कारोनाविरुद्धको साझा लडाईंमा सक्रिय हुन आग्रह गर्नुभएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नेक्रममा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आग्रह गर्नुभएकाे हाे ।

डा. केसी अहिले शिक्षण अस्पतालमा अनसनरत हुनुहुन्छ । उहाँले उठाएको माग सम्बोधन भएर कार्यान्वयनमा गइसकेकाले अब अनसन र हड्तालको कुनै आवश्यकता नभएको बताउनुहुँदै मन्त्री ज्ञवालीले भन्नुभयो, “अहिले देश संकटमा छ, असामान्य अवस्थामा अनसन, धर्ना, हडताल सुहाउने बेला होइन । अनसन फिर्ता लिई कोभिड १९ विरुद्धको साझा लडाईंमा सहभागी होऔं ।”

डा. केसीले उठाएको मागअनुसार सात वटै प्रदेशमा मेडिकल कलेजको स्थापना भई कार्यान्वयनको चरणमा रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । त्यस्तै, चिकित्सा शिक्षा सम्बन्धी ऐन निर्माण भएको, उच्चस्तरीय आयोग गठन भई कार्यान्वयनको चरणमा रहेको, त्यसको नियमावली समेत बनिसकेको उहाँले बताउनुभयो । ७५ प्रतिशत छात्रबृत्तिको माग पनि कार्यान्वयनमा गैसकेको उहाँले जानकारी दिनुभयो ।

सोहीअनसार कोरोना विरुद्धको लडाईं जारी रहेकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने प्रवक्ता ज्ञवालीले आग्रह गर्नुभयो । कार्यथलोमा काम गर्दा सुरक्षाका आवश्यक प्रबन्ध कडाईका साथ पालना गर्न उहाँले सबैमा आग्रह पनि गर्नुभयो । कोरोनाबाट मृत्यु भएको संख्या पाँचसय नाघेको अवस्थामा सबैजना सचेत हुनुपर्ने उहाँले जाेड दिनुभयो ।

प्रवक्ता ज्ञवालीकाअनुसार मदन भण्डारी औद्योगिक विश्व विद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति शिक्षा मन्त्रालयलाई दिइएको छ । त्यस्तै, संघीय तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार यसअघि विज्ञापन भइसकेको तर परीक्षा हुन नसकेका लोकसेवा आयोगका परीक्षा सञ्चालन गर्ने स्वीकृति लोकसेवा आयोगलाई दिने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाका कारण गत वैशाखमा परीक्षा स्थगन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -