काठमाडौँ, मंगलबार, १३ असोज २०७७ । सानिमा बैंकले नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । यो योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएको छ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी ईएमआई भुक्तानीको व्यवस्था गर्न सकिनेछ ।
साथै, पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा तीन हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५०० रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सकिनेछ ।
बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि nflu https://www.sanimabank.com/products/cards/discount-outlets मा लगईन गरेर जानकारी लिन सकिने बैंकले जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट , होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।









































