Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४६:१५ बिहान
- ADVERTISEMENT -

जिसस काठमाडौँ र टोखा नगरपालिकाबीच प्रशासनीक भवन निर्माणका लागि सम्झौता

प्रकाशित मिति: २०७७ असोज १०, शनिबार

929
Shares

काठमाडौँ, शनिबार, १० असोज २०७७ । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको छ ।

नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि कुल स्वीकृत ठेक्का सम्झौता रकमको ६० प्रतिशतले हुन आउने रकम सात करोड ५९ लाख १९ हजार ३ सय ७७ जिससको मौजाद कोषबाट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा काठमाडौंका जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलबीच सम्झौता भएको हो । उक्त सम्झौतामा रोबरको रुपमा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी रहनु भएको छ ।

भवन निर्माणका लागि १२ करोड ५६ लाख ३२ हजार दुई सय २९ रुपियाँ लागत लाग्नेछ । बाँकी रकम नगरपालिका आफैंले व्यर्होनेछ । जिल्ला समन्वय समितिको मौजाद कोष सञ्चालन निर्देशिका २०७५ को बुँदा नं. ९ बमोजिम टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौं बीच सम्झौता गरिएको हो ।

भवन निर्माण सम्बन्धी आयोजना कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने र यस आयोजनाका लागि प्राप्त भएको रकम तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च भएको रकमको लेखा राख्ने तथा लेखा परिक्षण गर्ने सम्बन्धि व्यवस्था प्रचलित कानुन बमोजिम टोखा नगरपालिकाले राख्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाको प्रशासनीक भवन निर्माण कार्यको ठेक्का सम्झौता समय अवधि दुई वर्षको हुनेछ । भवन निर्माण सम्बन्धि आयोजना निर्धारित समय तोकिएको गुणस्तरमा कार्यान्वयन गर्न चाहिने आवश्यक प्राविधि सहायता नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाउने छ । भवन निर्माण सम्बन्धि आयोजना स्वीकृत टेण्डर बमोजिम तोकिएको गुणस्तर र निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेछ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्झौतामा उल्लेखित समयसीमा भित्रै नगरपालिकाको प्रशासनीक भवन निर्माण गरिने जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -