Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०६:२२ बिहान
- ADVERTISEMENT -

उद्यमशीलता निर्माण तथा कोभिड-१९ को प्रभावलाई न्युनिकरणमा प्रतिवद्धता

प्रकाशित मिति: २०७७ असोज ७, बुधबार

718
Shares

काठमाडौं, बुधबार, ७ असोज २०७७ । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको ऐक्यवद्धता जनाउनु भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको सहयोगमा राष्ट्रभर ४१ औं सामाजिक सेवा दिवस मनाइएको छ ।

“सामाजिक क्षेत्र : राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि सुखको लागि सामाजिक रुपान्तरण र उध्यमशीलता” भन्ने नारासहित ४१ औं सामाजिक सेवा दिवस मनाइएको हो । दिवस मनाउने क्रममा राष्ट्रिय आवश्यकता र हितका बिषयमा भएका छलफलहरुमा सरकारी र गैरसरकारी संघसंस्था तथा सरोकारवाला निकायका विज्ञ तथा प्रतिनिधिहरु सहभागी हुनु भएको थियो ।

समग्र विकासका लागि सामाजिक उद्यमशीलता, नेपालमा वैदेशिक सहयोगको प्रभावकारिता तथा कोरोना भाइरस (कोभिड-१९) को महामारीका समयमा सामाजिक क्षेत्रको योगदानसहितको बिषयमा वृहत अन्तक्रिया भएका छन् । भर्चुअल माध्यमबाट भएका अन्तरक्रिया कार्यक्रममा सामाजिक सञ्जालको प्रयोग गरी सहभागी र यसको प्रयोगकर्ताले सक्रिय सहभागिता जनाउनु भएको थियो ।

४१ औं सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी हटाउने र जनताको मौलिक अधिकारलाई स्थापित गर्न सरकार लागिपरेको बताउनुभयो ।साथै, प्रधानमन्त्रीले परोपकारी भावनाबाट अभिप्रेरित भएर समाजिक बिकासमा आवद्ध हुन सबैलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले देशको विकासमा सामाजिक क्षेत्र एउटा प्रमुख आधारशिला भएको बताउनुभयो । साथै, उहाँले राज्यको नीति र सामाजिक क्षेत्रको मूल्य तथा मान्यता अनुरुप अघि बढ्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सामाजिक कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

सोही अवसरमा एआइएनका अध्यक्ष अच्युत लुइटेलले समृद्ध मुलुक निर्माणका लागि सरकारका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका अपरिहार्य रहने बताँउदै सामाजिक रुपान्तरण र कोरोना भाइरस (कोभिड-१९) के नियन्त्रणमा सरकारको प्राथमिकता अनुसार स्वास्थ्यसहितका क्षेत्रमा काम गरिरहेको र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कम्तिमा २ अरब रुपैंया सहयोग गर्ने निश्चित रहेको बताउनुभयो ।

त्यसैगरी, गैर-सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामा “मुलुकलाई नयाँ ढंगले अघि बढाउन तथा सामाजिक परिवर्तन ल्याउन राष्ट्रिय गैर सरकारी संस्था सरकार, निजी क्षेत्र र अन्तराष्ट्रिय साझेदार संस्थाहरुसँग मिलेर अघि बढ्न तयार छ ।” उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -