काठमाडौं, सोमबार, ५ असोज २०७७ । नेपालमा कोरोना भाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १५४ जना जना सङ्क्रमित थपिएका हुन् ।
देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नाैहजार ५३३ वटा आरटी पीसीआर परीक्षण भएकाे छ । याेसँगै नेपालमा नाै लाख २३ हजार ८२३ वटा आरटी पीसीआर परीक्षण पुगेकाे छ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६५ हजार २७६ जना पुगेको जनाएको छ।
पछिल्लो चौबीस घण्टामा एक हजार पाँचजना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४७ हजार २३८ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।
हाल १७ हजार ६११ जनामा सङ्क्रमण सक्रिय रहेको छ । आइसोलेसनमा कुल १७ हजार ६११ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४०३ जना छन् ।
साथै, पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी सङ्क्रमितकाे मृत्यु भएकाे हाे । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४२७ पुगेको छ ।








































