काठमाडौं, आइतबार, ४ भाद्र २०७७ । त्रिशूली नदीमा खसेको पेट्रोल ट्याकंरका चालक र सहचालक सम्पर्कमा आएका छन् ।
आइतबार बिहान त्रिशूलीमा खसेको ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको थियो ।
ट्याकंर नदीमा खसेपछि सम्पर्कविहिन भएका चालक र सहचालक भर्खरै सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय, गजुरीले जनाएको छ ।
चालक हेटौंडाका ३२ वर्षीय सुदिप बोहरा र सहचालक मनिस नगरकोटी रहेका छन् ।
उनी स्टेरिङ अड्किँदा दुर्घटना भएको बताए । सडकबाट अनियन्त्रीत भएर ट्यांकर खसेपछि हाम फालेर ज्यान जोगाएको उनीहरुले बताए ।
अहिले ट्याङ्करलाई त्रिशूलीबाट निकाल्ने तयारी भइरहेको छ।








































