काठमाडौँ, शुक्रबार, २ असोज २०७७ । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा विस्तार गरेको छ ।
बैंकले आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरी सेवा विस्तार गरेको हो ।
ताप्लेजुङको फुङलिङ ५ मा स्थापित शाखा नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
यसैगरी, बाँकेको कोहलपुर ११, एनटीभी रोडमा स्थापित नयाँ शाखाको उद्घाटन नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गर्नु भयो ।









































