काठमाडौं, शुक्रबार, २ असोज २०७७ । नेपाल सरकारले खरिद गरेको रेल जनकपुर आइपुगेको छ ।

जयनगरबाट हिँडेर शुक्रबार अपराह्न २ बजे जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

रेल जनकपुर-जयनगर चल्नेछ ।

मिश्रले सामाजिक सञ्जालमा उपलब्ध गराएको भिडियोमा रेल हेर्न आइपुगेका सर्वसाधारणको ठूलो भिड देख्न सकिन्छ । जनकपुर-जयनगर रेलको लिक न्यारोगेजबाट ब्रोडगेज बनाएपछि रेल पनि सोहीअनुसारको खरिद गरिएको हो ।









































