Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:५५ बिहान
- ADVERTISEMENT -

‘हन्ड्रेड ग्रुप’ का अध्यक्ष बब्लु गुप्ता निर्घात कुटिएको घटनाको छानविन सुरु

प्रकाशित मिति: २०७७ असोज २, शुक्रबार

728
Shares

काठमाडौँ, शुक्रबार, २ असोज २०७७ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका ‘हन्ड्रेड ग्रुप’का अध्यक्षमाथि भएको कुटपिट सम्बन्धमा छानविन सुरू गरेको छ।

बिहीबार दिउँसो बबरमहलमा ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले लाठी, मुक्का तथा बुटले हानेका थिए । सो घटनाको भिडिओ सार्वजनिक भएसँगै सामाजिक संजालमा प्रहरीको चर्को आलोचना सुरू भएको थियो। घटनामाथि प्रहरी प्रधान कार्यालयले रानीपोखरीलाई बिहीबार नै छानविन गर्न निर्देशन दिएको थियो ।

‘हामीले हिजो नै मेट्रोलाई छानविन गर्न निर्देशन दिइसकेका थियौं,’ केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले भने,’हिजो नै हाम्रो ध्यानाकर्षण भएको र छानविन हुन्छ भनेर जानकारी गराएका थियौं।’

महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले पनि यस सम्बन्धमा छानविन सुरू भइसकेको जानकारी दिए ।

‘को-को गएको, के भएको हो भन्नेबारे छानविन भइरहेको छ। यसको लागि अहिले दिउँसो छानविन समिति गठन हुन्छ,’उनले भने । प्रदर्शन गर्न गएका आफूहरूलाई प्रहरीले सम्झाइबुझाइ नगरी सिधै कुटपिट गरेको गुप्ताले बताएका थिए ।

उनीहरू कुलमानलाई प्राधिकरणमा पुन: नियुक्ति माग्दै धर्ना बस्न र प्रदर्शन गर्न माइतीघर गइरहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -