लाखौ गरिबको छाक काटेर नेता, कर्मचारी सरकार र उसका आसेपासेहरुलाई कुस्त अर्बौं कमाउने मौका दियौ । जनतालाई पनि सरकारको अहिलेसम्मकै बेथितिलाई सतहमा देखाइ दियौं र सरकारको मूल्याकंन गर्न सजिलो भयो ।
औषधीदेखी स्वास्थ सामाग्री, किसानलाई मल बिउदेखी वैदेशिक मजदुरहरुको टिकटमा सरकारले कसरी जनता लाइ ढाटेको छ र माफियासंग मिलेर कसरी कमिसन खान्छ भन्ने विषय उदाङ्गो पारेर देखाइ दियौं ।
स्वास्थ्य सुरक्षाको नाममा केन्द्र, प्रदेश र स्थानीय तहहरुले कसरी सरकारी रकमको घोटला गर्दा रहेछन भन्ने प्रमाण अब खोज्न जनतालाई अन्त जानु परेन । कोरनार यस सम्बन्धि आयको वैदेशिक सहयोगको सारा रकम सखाप भयो । मुलुकको आर्थिक रणनीति सिमित ब्यक्तिको हातमा थमौती गर्ने परम्पराको शुरूवात भयो । यो मुलुक र मुलुकबासीहरुको लागी घातक छ ।सामान्य राहतको नाममा भयको भनसुन र अपारदर्शीता सबैलाई थाहा छ । कोभिड-१९ को संक्रमणमा विशेषत : बिपन्न, गरिब, निम्न वर्गीय र मजदुरहरुको पिडा उजागर भयो । त्यसैले, तिम्रो जय होस कोरना मैया ।
५ महिना २० दिन पछि अर्थतन्त्र र पुर्बाधार थचक्कै लत्रीएर सुतेको छ । लाखौं जनता सडकमा रोजी रोटिको खोजिमा भौतारिएको छन । भएका साना ब्यवसायीहरु बैंक र सहकारीको ब्याज र किस्ता तिर्न नसकेर पिडामा छन ।
बिश्वका हरेक मुलुकले कोभिडको संक्रमणमा अस्त्तब्यस्त आफ्ना नागरिक, ब्यवसायी , ब्यापारी , उधोगी र मजदुर हरुलाई आफुले सकेको राहत र अनुदान उपलब्ध गरायो तर यो सरकारले के गर्यो ? आफ्नै पार्टीको आन्तरिक किचलोमा ६ महिना बिताएर आम जनताको एक रत्ती समस्याको अनुभब , समस्याको भागबन्डा र पिडाको हिस्सेदार बनेन यो नै हाम्रो अभिसाप भयो ।आफ्ना मानिस लाइ कसरी ब्याबस्थापन गर्न सकिन्छ भन्ने विषयमा मात्रै ध्यान दियो !! यो मुलुक र मुलुक बासिको लागी दुर्भाग्य हो ।
लामो बन्दमा जति सुधार गर्नु पर्ने थियो एक इन्च भएन यसको पुरा जिम्मेवार सरकार र राजनीति दल हो । आफ्नु गल्ती छोप्दा छोप्दै मुलुकको अर्थतन्त्र नाजुक भएर आफैलाई तलब भत्ता आउने बाटो बन्द हुन लागे पछि बाध्यात्मक अबस्थामा ( कोभिड नियन्त्रण भयर होइन ) मुलुकको स्वास्थ्य अवस्थालाई भगवानको जिम्मा लगाउदै भोली देखी केहि सेवा बाहेक सबै खुल्ला गरेको छ । आफ्नो सुरक्षा आफै गरै । सचेत रहौ । साबधानी आफै अपनाऔ ।
हरि धिताल
बारकाप सुलिकोट-७
गोरखा ।
२०७७ साल भाद्र ३१ गते बुधबार









































