Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:०८ बिहान
- ADVERTISEMENT -

२२ तले धरहरा : १४ तलाको ढलान सम्पन्न

प्रकाशित मिति: २०७७ भदौ २९, सोमबार

668
Shares

काठमाडौं, सोमबार, २९ भाद्र २०७७ । विनाशकारी महाभूकम्प २०७२ बाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माणअन्तर्गत १४ औं तलाको ढलान सम्पन्न भएको छ । अब धरहराका ८ तलाको ढलान गर्न बाँकी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणअन्तर्गत १४औं तलाको ढलान सम्पन्न भएको र अब ८ तलाको ढलान गर्ने कार्य बाँकी रहेको जनाएको छ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुनेछ भने ७२ मिटर उचाइको हुने निर्माण कम्पनीले जनाएको छ । वि.सं. १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको विनाशकारी भूकम्पले ९ तलाको धरहरा पनि पूर्ण रूपमा भत्काइदिएको थियो ।

जीआईईटीसी–रमन जेभीले धरहरा पुनर्निर्माणको काम गर्दै आएको छ । ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा धरहराको पुनर्निर्माण भइरहेको हो । १२ वैशाख २०७२ मा भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत वर्षको पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

धरहरामा बगैंचा, संग्रहालय, रंगिन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङ स्थल रहनेछन् । बृहत् धरहरा पुनर्निर्माणको क्रममा अहिले हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराउने काम पनि भइरहेको छ । उक्त ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ । स्थानीयको मागअनुसार ६ मिटरको बाटो निर्माण गर्न लागिएको सम्पदाविद् राजुमान महर्जन बताउँछन् ।

विश्वभरि महामारीका रूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण पुनर्निर्माणमा पनि असर परेको छ । यता, रानीपोखरी पुनर्निर्माणअन्तर्गत ८५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिँधमा कालोमाटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माणको काम सकिएसँगै वर्षाको पानी जम्मा गर्ने काम पनि भइरहेको छ ।

प्राधिकरणका अनुसार अब बालगोपाल मन्दिरको निर्माण र पोखरीको सौन्दर्यीकरणलगायतका काम बाँकी छन् । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यीकरणको काम भइरहेको प्राधिकरणले जनाएको छ । राजधानीबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -