काठमाडौँ, आइतबार, २८ भाद्र २०७७ । वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा पार्टीका स्थानीय नेता कार्यकर्तालाई बाढी पहिरोमा परेकालाई तत्काल उद्दारमा सघाउन अनुरोध गरेका छन् ।
वरिष्ठ नेता पौडेलले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका – ७ घुम्थाङमा गएरातीको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको समाचारले अत्यन्तै दुखी बनाएको बताउनु भएको छ । आज सामाजिक संजाल फेसबुक मार्फत उक्त कुरा बताउनु भएको हो ।
एकपछि अर्को गरी सिन्धुपाल्चोक जिल्लामा पटक पटक गएको पहिरोले धेरै मात्रामा जनधनको क्षति भइसकेको छ । स्थानीय जनताले जानकारी दिदा पनि सरकारको अकर्मन्यताका कारण यसप्रकारको मानविय क्षति हुन पुगेको उहाँको भनाइ छ ।
पहिचान भएका जोखिम क्षेत्रका जनतालाई बस्ती स्थानान्तरण गरि सुरक्षित स्थानमा राख्न र तत्काल उद्दार गरी घाइतेलाई उपचारको व्यवस्था गर्न साथै बेपत्ताहरुको खोजी कार्य गर्न सरकारसंग उहाँले जोरदार माग गरेको बताउनु भयो । पार्टीका स्थानीय नेता कार्यकर्तालाई आफू सुरक्षित रहि उद्दारमा सघाउन उहाँले अनुरोध समेत गर्नु भएको छ ।









































