Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:१७ बिहान
- ADVERTISEMENT -

पाँच वटा ब्राण्डका ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन

प्रकाशित मिति: २०७७ भदौ २७, शनिबार

598
Shares

काठमाडौं, शनिबार, २७ भाद्र २०७७ । नेपाली बजारमा रहेका पाँच वटा ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको भेटिएको छ ।

औषधी व्यवस्था विभागले बजारमा प्रयोग भइरहेका पाँच वटा ब्राण्डका ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मेथानल मिसाइएको भन्दै प्रयोग नगर्न सूचना जारी गरेपछि यसको रहस्य खुलेको हो ।

पाँचमध्य चार वटा काठमाडौं र एउटा भक्तपुरका उद्योगबाट उत्पादित रहेका छन् । विभागले सूचना प्रकाशित गर्दै बजारमा उपलब्ध ती ह्यान्ड स्यानिटाइजरको नमूना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गरिएको जनाएको छ । पाँचै खालका स्यानिटाइजरले तोकिएको ‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरित विषाक्त रसायन मिथानोल मिसाइएको पाइएको सूचनामा उल्लेख छ ।

विभागद्धारा जारी सूचना अनुसार भक्तपुरको नेपाल कायाकल्प उद्योगको इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको हाइजिन सोप एण्ड क्यामिकल प्रा लि को इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल र काठमाडौंको आधार क्यामिकल्स एण्ड फुड इन्डस्ट्री प्रा लि को एडभान्स ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मिसाइएको पाइएको हो ।

साथै, काठमाडौंको सर्च केम कम हर्बल प्रोडक्टस्को इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र काठमाडौंको सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गरेको सूर्यमुखि ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मिथानोल मिसाइएको छ ।

“स्यानिटाइजरमा विषाक्त रसायान मिसाइएको पाइएकोले मानव स्वास्थ्यमा गम्भिर नकारात्मक असर पर्ने हुँदा सर्वसाधारणले प्रयोग नगर्नरनगराउनु हुन र साथै त्यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्रि वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालालाई सूचीत गरिन्छ,” विभागद्धारा जारी सूचनामा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -