काठमाडौं, शनिबार, २७ भाद्र २०७७ । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ९ लाख ६ हजार ९२ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ८० लाख ४० हजार ८५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ११६ संक्रमितको ज्यान गएको छ ।








































