Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५०:४१ बिहान
- ADVERTISEMENT -

कोरोना भाइरस विरुद्धको खोप विश्वभरि ढुवानी गर्नु अहिलेसम्मकै सबैभन्दा ठूलो यातायात चुनौती

प्रकाशित मिति: २०७७ भदौ २५, बिहीबार

615
Shares

काठमाडौं, बिहिबार, २५ भाद्र २०७७ । कोरोना भाइरस विरुद्धको खोप विश्वभरि ढुवानी गर्नु अहिलेसम्मकै सबैभन्दा ठूलो यातायात चुनौती हुने विमान उद्योगले जनाएको छ । अन्तर्राष्ट्रिय विमान यातायात संघले विश्वभरि खोप आपूर्ति गर्न कम्तिमा आठ हजार बोइङ ७४७ आवश्यक पर्ने जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म उपलब्ध भइसकेको छैन् । तर अन्तर्राष्ट्रिय विमान संघले ढुवानीको तयारी गर्न सुरु गरिसकेको छ । संघले विश्व स्वास्थ्य संगठन, औषधी निमार्ता, विमान कम्पनी र विमानस्थलहरुसँग ढुवानी योजनाबारे छलफल सुरु गरिसकेको छ ।

आपूर्ति योजनाले प्रति ब्यक्ति एक डोज आवश्यक पर्ने आधारमा यस प्रकारको तयारी गरेको छ । “कोभिड–१९ विरुद्धको खोपलाई सुरक्षित रुपमा गन्तब्यमा पुर्याउनु कार्गो उद्योगको यस शताब्दीकै प्रमुख लक्ष्य हुनेछ, तर यो पूर्ब तयारी र योजना बिना सम्भव हुने छैन् ।”– बीबीसीसँगको कुराकानीका संघका कार्यकारी प्रमुख अलेक्जेण्डर डी जुनिएसले बताउनुभयो ।

सबै विमानमा खोप ढुवानी गर्न सकिन्न । खोप ढुवानीका लागि विमानको तापक्रम दुईदेखि आठ डिग्री सेल्सियससम्म हुनुपर्नेछ । केही खोपलाई ‘फ्रिजिङ’ तापक्रम आवश्यक पर्नेछ । जसका लागि थुप्रै विमानलाई ढुवानीभन्दा बाहिर राख्नेछ ।

कर्गो उद्योगका प्रमुख ग्लैन हजेजले मध्य पूर्ब एशियामा खोपको उत्पादन सम्भावना नरहेकोले उक्त क्षेत्रमा ढुवानी चुनौतीपूर्ण हुने बताउनुभयो । अन्तर्राष्ट्रिय विमान यातायात संघले कार्गो क्षमता कम भएकोले अफ्रिकामा तात्कालै खोप आपूर्ति गर्न असम्भव हुने जनाएको छ ।

विश्वभरि करिब १४० वटा खोप विकासको चरणमा रहेको छ । करिब दुई दर्जन परीक्षणको चरणमा ब्यक्तिमा क्लिनिकल ट्रायलमा छन् । अन्तर्राष्ट्रिय विमान यातायात संघले सबै सरकारलाई सावधानीपूर्बक योजना बनाएर पूर्ण पूर्ब तयारी गर्न सुझाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -