Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२७:२९ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर गोरखा आइसोलेसनमा लैजाने क्रममा चरम लापरवाही

प्रकाशित मिति: २०७७ भदौ २५, बिहीबार

746
Shares

गोरखा, बिहिबार, २५ भाद्र २०७७ । कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा लैजाने क्रममा चरम लापरवाही गरेको भन्दै गोरखा नगरपालिका–७ बतासेका बासिन्दाले विरोध जनाएका छन् । संक्रमितलाई एम्बुलेन्समा राखेर सडकमा बान्ता गराउँदै लगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

सोही बस्ती हुँदै गोरखा क्याम्पसको आइसोलेसनमा संक्रमितलाई लगिन्छ । तर संक्रमित ओसारपसारमा लापरवाही भएको स्थानीयको भनाइ छ ।

बुधवार आइसोलेसन लैजाने क्रममा संक्रमितले वस्ती आसपास तीन ठाउँमा बान्ता गरेको स्थानीय हेमराज ढकाल बताउँछन् । ‘बिसौनी मोडदेखि गोरखा क्याम्पस पुग्ने बेलासम्म संक्रमितले तीन ठाउँमा बान्ता गरेछन्,’ उनले भने, ‘एम्वुलेन्सको झ्याल खोलेर संक्रमितले पुरै मुन्टो बाहिर निकाल्दै बान्ता गर्दै गइरहेका थिए ।’

वस्ती आसपास खुल्ला रुपमा संक्रमितले बान्ता गर्दा टोलमा संक्रमणको जोखिम बढेको उनले बताए । ‘संक्रमितले गरेको भमिट कुकुरहरुले खाइदिन्छन्, अनि त्यही बाटो मानिसहरु आउजाउ गर्नुपर्छ, जोखिम त यसै बढ्यो नि !’ उनले भने ।

भदौ २१ गते आइतवार पनि एम्वुलेन्सले संक्रमितलाई सडकमै बान्ता गराउँदै लगेको स्थानीय प्रेम श्रेष्ठ बताउँछन् । ‘थुकको छिटाबाट कोरोना सर्छ भन्छन् अनि संक्रमितले वस्ती आसपास खुल्ला रुपमा भमिट गर्दै गएपछि हामी स्थानीयलाई रोग लाग्ने खतरा बढेन र ?’ उनले प्रश्न गरे ।

बान्ता गर्नका लागि संक्रमितलाई प्लाष्टिकका झोला उपलब्ध गराउन र संक्रमित बोकेको समयमा एम्बुलेन्सको झ्याल खोल्न नमिल्ने व्यवस्था गर्न स्थानीयले आग्रह गरेका छन् । एम्वुलेन्सको तीव्र गतिका कारण पनि समस्या भएको उनीहरुको भनाइ छ ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले संक्रमितले बान्ता गरेको ठाउँमा क्लोरिन झोलबाट ‘डिस्इन्फेक्सन’ गरिएको बताए । ‘अबका दिनमा यस्तो लापरबाही दोहोरिन नदिन मैले प्रमुख जिल्ला अधिकारीलाई भनिसकेको छु, व्यवस्थित बनाउनका लागि पहल भइरहेको छ,’ उनले भने ।

संक्रमित बोक्दा सतर्कता अपनाउन एम्बुलेन्स र सम्बन्धित स्थानीय तहलाई भन्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । ‘संक्रमित बोक्दा यस्ता लापरवाही नगर्न भनेर एम्वुलेन्स सन्चालक समिति र सबै स्थानीय तहलाइ पत्राचार गर्छु,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -