बागलुङ, २४ भाद्र २०७७ । बि पि को जन्म जयन्तीमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

प्राविधिक बिद्यार्थी परिषद् बागलुङ fots द्वारा बि पि कोइरालाको १०७ औ जन्म जयन्तीको अबसरमा जैमिनी नगरपालिका बागलुङमा बिरुवा रोप्दै सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
बि पि कोइरालाको सिद्धान्तकामा आधारित रहेर उहाँलाई स्मरण गर्दै विभिन्न किसिमका बिरुवाहरु रोप्दै जयन्तीलाई मनाइएको हो ।
धुपी, तेजपत्ता लगायत विभिन्न फुलहरुका बिरुवाहरु र्जैमिनी २ दमेकमा सारेर सम्पन्न गरेको छ ।
साथै, दमेककै शिवपुरी मन्दिरमा सरसफाइ गरेको छ ।

कार्यक्रममा जैमिनी नगर प्रमुख इन्द्रराज पौडेल, नेपाली काङ्ग्रेसका विभिन्न तहमा रहेका नेतागणहरुको सहभागिता रहेको थियो ।
“हरियो बन नेपालको धन” भन्दै बि पि को त्यो बिचारलाई अगाडी बढाउन यो कार्यक्रम राखेको कुरा कार्यक्रमका सभापति सुजन सापकोटाले बताउनु भयो ।
कार्यक्रमको संचालन cden बागलुङका सभापति नवीन सापकोटाले गर्नु भएको थियो ।








































