Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५०:१२ बिहान
- ADVERTISEMENT -

यातायात व्यवसायीद्वारा आगामी असोज १ गतेदेखि सबै सार्वजनिक यातायात चलाउने घोषणा

प्रकाशित मिति: २०७७ भदौ २४, बुधबार

707
Shares

काठमाडौँ, बुधबार, २४ भाद्र २०७७ । यातायात व्यवसायीले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् ।

बुधबार बसेको यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले कोरोना नियन्त्रणका नाममा ६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै सार्वजनिक यातायात चलाउने घोषणा गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अब रोकिएर बस्न सक्ने अवस्था छैन। महिनौंदेखि सवारीसाधन थन्किएका छन्। असोज १ बाट सबैखाले सवारीसाधन संचालनका लागि हामी तयार भएर बस्छौँ।’ यसबारे औपचारिक निर्णय बिहीबार गरिने पनि बताइएको छ ।

यस्तै, व्यवसायीहरुले म्याद गुज्रिएका कागजातहरु (लाइसेन्स रुट, ब्लुबुक) लगायतको नवीकरण अवधि थप र जरिवाना छुटका लागि पनि माग गरेका छन् । कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन जारी गरेपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -