Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:३४ बिहान
- ADVERTISEMENT -

परिवर्तन हुँदै निषेधाज्ञाको मोडालिटी : सवारीमा जोरबिजोर, कार्यालय र उद्योग खुल्ने

प्रकाशित मिति: २०७७ भदौ २४, बुधबार

858
Shares

काठमाडौं, बुधबार, २४ भाद्र २०७७ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको समय बढ्दै जाँदा सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिँदै छ । निषेधाज्ञा थप थप गर्ने वा खुकुलो पार्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ । मंगलबारको बैठकमा विभिन्न विकल्पमाथि छलफल भएको एक सुरक्षा अधिकारीले जानकारी दिए ।

बैठकमा सहभागी ति सुरक्षा अधिकारीका अनुसार उपत्यकामा निजी सवारी साधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने, निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुन लागेको हो ।

उपत्यकामा तीन सातासम्म निषेधाज्ञा हुँदासमेत संक्रमण नियन्त्रण होइन कम समेत हुन नसक्दा यसको समय बढाउनुपर्ने राय सीडीओले सार्वजनिक गर्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले यस्तो बताए पनि निषेधाज्ञाविरुद्ध सामाजिक आक्रोश बढ्दै जाँदा यसको मोडालिटी परिवर्तन हुन लागेको हो ।

सोमबार मात्र गृह मन्त्रालयले सुरक्षा मापदण्ड अपनाएर निषेधाज्ञालाई खुकुलो पार्नुपर्ने सुझाव दिएको थियो ।

नयाँ मोडालिटीका विषयमा मंगलबार तीनै जिल्लाका सीडीओ र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको हो। संक्रमणको ग्राफ बढ्दै जाँदा मन्त्रालय र सुरक्षा निकायले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने धारण राखेका भए पनि यसको मोडालिटी परिवर्तन हुन लागेको ति अधिकारीको भनाइ छ ।

सीडीओसँगको छलफलमा यही मोडलको निषेधाज्ञा एक साता थप गर्ने विषयमासमेत छलफल भएको थियो। आम सर्वसाधारण र नागरिकको आवाजलाई सम्बोधन गर्नेगरी बुधबार रातिबाट लागू हुने गरी नयाँ मोडलमा निषेधाज्ञा हुन लागेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -