काठमाडौं, मंगलबार, २३ भाद्र २०७७ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई अस्वस्थ्य भएका छन् । उनलाई सामान्य ज्वरो आएको छ ।
सोमबार साँझतिर सामान्य ज्वरो आएपछि उनलाई उपचार गर्न थालिएको छ । उच्च स्रोतका अनुसार मंगलबार महामन्त्री डा.कोइरालाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।
कोरोना महामारीका बेला नेता तथा कार्यकर्ताहरूसँग महाराजगञ्जस्थित निवासमै भेटघाट गर्दै आएका डा.कोइरालालाई सोमबार अचानक स्वास्थ्यमा समस्या आएको थियो ।
डा.कोइराला बिरामी भएका विषयमा निजी सचिवालयले केही भनेको छैन । डा.कोइरालाको स्वाबको रिपोर्ट चाडै आउने जनाइएको छ ।








































