Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:१९ बिहान
- ADVERTISEMENT -

वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भएको साङ्घातिकआक्रमणप्रति प्रेस युनियनद्वारा निन्दा

प्रकाशित मिति: २०७७ भदौ २२, सोमबार

873
Shares

काठमाडौँ, सोमबार, २२ भाद्र २०७७ । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल प्रेस युनियन रासस शाखाले निन्दा गरेको छ ।

युनियनका केन्द्रीय सदस्यसमेत रहेका कार्की आज बिहान करिब ९ः३० बजे बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्क नजिकैको चामुण्डा हार्डवेयरमा सामान किन्न पुगेका बेला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० घर भएका उद्धव कार्कीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

आक्रमणकारी उद्धव बनेपा नगरपालिका वडा नं १४ साँगास्थित नेपाल प्रहरी विद्यालयमा नेपाली शिक्षक पदमा कार्यरत रहेको युनियन शाखा अध्यक्ष मोहिनी मिश्र रिसालले आज जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार कार्कीमाथि आक्रमण गर्दा उद्धवले हेलमेट र मास्क लगाएका थिए । पुरानो हिसाब चुक्ता गर्छु भन्दै उनी आक्रमणमा उत्रिएका थिए ।

युनियनले आक्रमणकारीलाई कानूनी कारबाही गर्न, पीडकबाट उपचार गराई क्षतिपूर्ति दिन र अब आइन्दा सञ्चारकर्मीमाथि हुने यस्ता हर्कत नदोहोरिने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

पसलमा सामान किनिरहेका बेला पछाडिबाट टाउकामा प्रहार गरी पुरानो हिसाब चुक्ता गर्नु छ भन्दै निरन्तर आफूमाथि प्रहार गरिएको कार्कीले जानकारी दिए ।

आक्रमणलगत्तै उद्धवले घाइते कार्कीका कान्छा भाइ श्रीरामलाई फोन गरी परिवारका सबै सदस्यलाई एकएक गरी ढाल्ने धम्कीसमेत दिएको बताइएको छ । कार्की आजै धुलिखेल अस्पतालमा उपचारपछि घरमा आराम गरिरहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला सञ्चारकर्मीमाथि हुने यस्ता गतिविधिले सञ्चार कर्ममा अवरोध गर्ने र आतङ्कितसमेत बनाउने भएकाले यस्ता गतिविधि रोकी स्वतन्त्र रुपमा निष्पक्ष भई कलम चलाउने वातावरण बनाउन पनि युनियनले सरकारसँग माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -