Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:१३ बिहान
- ADVERTISEMENT -

कान्तिपुर टेलिभिजनमा श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको विरोध : माग पुरा नगरे कडा संघर्ष गर्ने चेतावनी

प्रकाशित मिति: २०७७ भदौ २१, आइतबार

780
Shares

काठमाडौं, आइतबार, २१ भाद्र २०७७ । देशकै ठूलो र व्यवसायिक रुपमा समेत सफल देखिएको कान्तिपुर मिडिया ग्रुप अन्तर्गत सञ्चालित कान्तिपुर टेलिभिजनले लामो समयदेखि कायृरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई बिना कारण कामबाट निष्काशन गरेको विरोधमा आज विभिन्न संघ, संगठनहरुले एक घण्टे धर्ना कार्यक्रम सम्पन्न गरेका छन ।

तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा पुगेका पत्रकार तथा कर्मचारीहरुले मिडिया मालिकले कामबाट निष्काशन गरेका सबैलाई पुर्नवाहली नगरेमा कडा संघर्षमा उत्रिने चेतावनी दिदै विरोध कार्यक्रम गरेका हुन ।

कान्तिपुर टेलिभिजनका कार्यरत कर्मचारीहरुको साँझा संगठनले आयोजना गरेको उक्त धर्ना तथा विरोधको कार्यक्रममा प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, विभिन्न ट्रेड यूनियनमा आवद्ध संघ, संगठनहरुको एक्यवद्धता रहेको थियो ।

कान्तिपुर टेलिभिजनले श्रमजीवी कर्मचारीमारा नीति लिएको भन्दै बिना कारण कामबाट निष्काशन गरिएका सबै पत्रकार तथा कर्मचारीहरुलाई तत्काल काममा फर्काउन दवाव दिदै गरिएको उक्त कार्यक्रममा दर्जनौंको समभागिता रहेको थियो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकारहरुले गेट भित्रबाट आन्दोलन गरिरहेका थिए भने प्रेस सेन्टर नेपाल लगाएत विभिन्न पेशागत संघ संगठनहरुले टेलिभिजनको गेट अगाडिबाट त्यस आन्दोलनप्रति एक्यवद्धता जाहेर गरिरहेका थिए ।

विरोध कार्यक्रमलाई टेलिभिजनको गेट भित्रबाट कान्तिपुर टेलिभिजन कर्मचारी संगठनको अध्यक्ष निर्मला बस्नेतले सम्बोधन गर्दै मिडिया मालिक तथा व्यवस्थापन पक्षलाई कर्मचारीमाथिको अन्याय रोक्न र श्रमीकवर्गिय न्यायको पक्षमा उभिन आह्वान गरेकी थिइन ।

उनले मिडिया मालिकका कारण पछिल्लो समय धेरै कर्मचारीहरुमाथि मानसिक ट्रचर भएको भन्दै लामो समयदेखि काममा रहेका, सक्षम कर्मचारी पत्रकारहरुलाई हटाइएको र कतिपयलाई काम गर्ने वातावरण नबनाइएको भन्दै विरोध गरिन ।

गेटभित्र कर्मचारी, पत्रकारहरुले गरेको धर्नाको कार्यक्रममा एक्वयबद्धता जाहेर गर्दै गेटबाहिरबाट प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले देशको ठुलो मिडिया ग्रुपको कान्तिपुर टेलिभिजनले संकटपूर्ण परिस्थितिमा कर्मचारी तथा पत्रकारहरुलाई निकाल्नु श्रमजीवी पत्रकार ऐनको अपमान हो भन्दै राज्यले बनाएको ऐन, कानुनको अपमान गर्नेलाई कडा कारबाही गरिनुपर्ने बताए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले कान्तिपुर टेलिभिजन जस्तो सक्षम व्यवस्थापनमा सञ्चालित मिडियाले तलब दिन नसक्ने वा अन्य बाहना बनाउँदै श्रमजीवी वर्गको पेशागत अधिकार कटौती गर्नु अपराध हुने भन्दै टेलिभिजनको व्यवसथापन पक्षलाई सचेत भएर आफ्नो आन्तरिक समस्या हल गर्न आग्रह गरे ।

उनले श्रमजीवी पत्रकार तथा कर्मचारीको माग, मुद्दा हल नगरि कारबाहीको शैलीमा टेलिभिजन परिवार अघि बढेमा त्यसको परिणाम सशक्त आन्दोलन हुने र आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार मिडिया हाउस स्वयम र राज्य निकाय हुनुपर्ने बताए ।

प्रेस सेन्टरका अध्यक्ष जैसीले कान्तिपुर टेलिभिजनले विभिन्न संघ, संगठन र कर्मचारीहरुले उठाएका मागहरुलाई कार्यान्वयन गर्ने र समस्या सुल्झाउने कार्य नगरेमा अर्को चरणको आन्दोलनको रुप रेखा फरक हुने भन्दै चेतावनी समेत दिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य धनञ्जय बुढाले उक्त कार्यक्रममा बोल्दै इतिहासमा श्रमजीवी वर्गमाथि विभेद र अन्याय गर्ने, सामान्तवादी प्रवृतिहरु कहिल्यै सफल नभएको तथ्य औल्याएका थिए ।

क्रान्तिकारी पत्रकार संगठनका नेता बुढाले अहिले गरेको आन्दोलन सांकेतिक र सुझावमूलक रहेको भन्दै त्यसबाट व्यवस्थापन पक्षले समस्या समाधान गर्ने पहल नगरेमा अर्को चरणको आन्दोलन अझ कडा ढंगले अघि बढ्ने बताएका थिए ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकार महासंघ र आफ्नो संगठन जहिले पनि श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको हक, हित र अधिकारको पक्षमा आन्दोलनरत रहेको बताए ।

उनले पछिल्लो चरण कोरोना प्रकोपको कारण देखाउँदै लामो समयदेखि मिडियामा योगदान पुर्याएका पत्रकार तथा कर्मचारीहरुलाई मिडिया मालिकले अबैधानीक रुपमा, अपमानीत रुपमा कामबाट निष्काशन गर्ने, तलब घटाउने, काम गनेृ वातावरण नगराउने, दुख दिने काम गरेको बारेमा सूचना, जानकारीहरु आएको भन्दै त्यसलाई आन्तरिक रुपमा हल गर्न आग्रह गरे ।

उनले संघ, संगठन र कर्मचारीहरुले उठाएका जायज मागमा आफ्नो एक्यवद्धता रहेको भन्दै त्यसको सुनुवाई मिडिया मालिकले नगरेमा थप संघर्षका लागि सडक र कार्यालयमा आन्दोलित हुन कर्मचारी, पत्रकारहरु बाध्य हुने बताए ।

उक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रदेश तीनका अध्यक्ष सुमन वाङ्देल, केन्द्रीय समिति सदस्य खडक बहादुर केसी ‘आकाश’, कर्मचारी संगठनका नेता श्रीराम वाग्ले लगाएतको समेत सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -