काठमाडौँ, आइतबार, २१ भाद्र २०७७ । कृषि उत्पादन वृद्धिको लागि उन्नत जातको गुणस्तरयुक्त बीउको प्रयोग अपरिहार्य रहेको छ । उन्नत जातका नयाँ बीउहरु उत्पादनको शिलशिलामा विभिन्न कारणहरुबाट समिश्रण भई बीउको गुणस्तर ह्रास हुँदै जाने हुँदा समयमै निराकरण गर्न सकिएन भने स्थानीय जात सरह भई कम उत्पादन दिने हुन्छ । र अर्को तिर बिचमा नेपालको परनिर्भरता कायम रहने गर्दछ ।
उपयुक्त जात, उपयुक्त समय, सुपथ मूल्य तथा आवश्यक परिमाणमा गुणस्तरीय बीउको पहुँच कृषकहरु माझ पुग्दा बहुसंख्यक नेपाली जनताको जीवनस्तर सुधारमा सहयोग पुर्याउँछ । कृषि उत्पादनमा बीउबिजनको गहन भुमिकालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज कास्कीद्वारा दुई दिने Seed Certification training सम्पन्न गरेको छ ।
तालिममा बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापा, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वाली विकास अधिकृत रविन धिताल र वरिष्ठ वैज्ञानिक डा राजेन्द्र दराइ प्रशिक्षक रहनु भएको थियो ।
देशभर विभिन्न कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी सहभागी भइ अनलाइन भर्जुलमा आयोजना गरिएको उक्त तालिम कार्यक्रम ने बि संघका सहसचिव प्रशंसा सापकोटा र अनिता सुवेदीले सन्चालन गर्नुभएको थियो ।
साथै, तालिममा प्रशिक्षकहरुले बीउको उत्पादन, संकलन, प्रशोधन , भण्डारण, प्याकेजिङ्ग र बिक्रीवितरण एवं ढुवानीसम्मका प्रविधिक जानकारी दिदै गुणस्तर निरीक्षण तथा नियन्त्रणमा विशेष ध्यान पुर्याउन सकिएन भने त्यस्ता गुणहरूमा ह्रास हुन जान्छ । त्यसैले, कृषि बिद्यार्थी सचेत रहन आवश्यक छ, उहाँले भन्नुभएको ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनु भएका पृर्व रजिस्ट्रार तथा नेपाली कांग्रेस कोरोना अनुगमन समिति सदस्य प्रा डा सुर्य कान्त घिमिरेले सरकारले कृषि क्षेत्रलाई नारामा मात्र सिमित गर्दै कृषिका लागि अति आवश्यक मल बिउ समयमा नै उपलब्ध गराउन नसकेको प्रति आपत्ति जनाउँनु भयो ।
उक्त कार्यक्रममा प्राविधिक सहयोग भरतपुर चितवन स्थित St Xavier institute ले गरेको थियो ।








































