काठमाडौँ, आइतबार, २१ भाद्र २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९० जना महिला र जना ६९० पुरुष गरी ९८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २८ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६३ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १७ हजार २७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार २०१ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ८२६ रहेका छन् । अहिले क्वारेन्टाइनमा ४ हजार ७०३ रहेका छन् । आज १० हजार ३८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।








































