गोरखा, आइतबार, २१ भाद्र २०७७ । गोरखामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो ।
शनिबार गोरखा नगरपालिका-७ कि ७३ बर्षिय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएसंगै गोरखा जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको हो ।
मृतक महिला ब्रेन हेमरेजको बिरामी हुनुहुन्थ्यो । यसअघि जिल्लाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको गएको साउन २० गते गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनी डायविटिज रोगी रहेको उनि कतारबाट फर्किएर नेपाल आएका थिए ।








































