काठमाडौं, आइतबार, २१ भाद्र २०७७ । उद्योगपति विनोद चौधरी कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। उनलाई १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । चौधरीले शुभेच्छुकहरुको उत्कट माया र प्ररणाले आफूलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा मिलेको बताएका छन् ।
चौधरीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘त्यही ऊर्जाका कारण आज म कोरोना संक्रमणबाट मुक्त भएको छु ।’
उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् ।








































