काठमाडौं, शनिबार, २० भाद्र २०७७ । भारतमा पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ४१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टा अहिलेसम्मकै धेरै ८३ हजार ८ सय ८३ संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९६ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । भारतमा हालसम्म ६८ हजार ४ सय ७२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
भारतमा हालसम्म ३९ लाख ३६ हजार ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।








































