पोखरा, शुक्रबार, १९ भाद्र २०७७ । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा विभिन्न ६ जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा कास्कीका १६, लमजुङका ३, स्याङ्जाका १, बाग्लुङका १, तनहुँका २ र नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का १७ जना रहेका छन् ।
पोखरा महानगरपालिका-१५ का ७ जना नेपाल प्रहरीमा कार्यरत छन् । अन्य सबै संक्रमितको कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो ।
यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ३ सय ५२ पुगेको छ ।








































