काठमाडौँ, बुधबार, १७ भाद्र २०७७ । देश बिकाशका लागि एकता UND (यु एन डी) नेपालले जैमिनी २ मा रहेका बाढी पहिरो पिडितलाई खाधान्न सामाग्री बितरण गरेको छ ।

बाढी पहिरो पिडितका लागि चामल, तेल, नुन, साबुन, दाल लगायत अन्य सामाग्रीहरु वितरण गरेको हो । करिब ३० हजार जतिको सामाग्री ७-८ घर धुरिमा बितरण गरिएको थियो ।
विभिन्न क्षेत्रमा काम गर्दै आएका सामाजिक संस्थाले आजको जटिल परिस्थितिमा पनि केही गर्नु पर्छ भन्ने उदेश्यका साथ युवाहरु मिलेर सबैसंग साथ सहयोग माग्दै केही रकम जम्मा गरेर दिन दुखिको पिडामा मलम लगाउन खोजिरहेको कुरा संस्थाका अध्यक्ष सुजन सापकोटाले बताउनु भयो ।

राहत वितरण कार्यक्रममा जैमिनी नगर प्रमुख इन्द्र राज पौडेल लगायत विभिन्न समाजसेवी तथा नेता गणहरुको उपस्थिति थियो । कार्यक्रम जैमिनी नगर २ वडाडामा सम्पन्न भएको थियो । उक्त संस्थाले देशका विभिन्न ठाउँ सिन्धुपाल्चोक, कालिकोट तथा बागलुङ जिल्लामा अभियानलाई निरन्तर दिदै आएको छ ।








































