Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२८:४३ बिहान
- ADVERTISEMENT -

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतक संख्या २४४ पुग्यो

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

634
Shares

काठमाडौं, बुधबार, १७ भाद्र २०७७ । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । काठमाडौं, रुपन्देही र पर्सामा गरी आज थप पाँच जनाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ५ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ४४ जना पुगेको छ ।

रुपन्देही बुटवलको प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । कपिलबस्तुकी ६० वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । यस्तै काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको मृत्यु भएको हो । दुवै जनाको हिजो बेलुकी मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

यस्तै पर्साको वीरगञ्जमा पनि एक संक्रमितको मृत्यु भएको छ । बाराको सिम्रोनगढका ९७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट गएराति नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको डा.उदयनारायण सिंहले जानकारी दिनुभयो ।

त्यस्तै कोरोना संक्रमणबाट नवलपरासीकी एक महिलाको रुपन्देहीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । रामग्रामकी ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको भिम अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -