जापान, बुधबार, १७ भाद्र २०७७ । जापानको एक प्रसिद्द चिकत्सकिय उपकरण निर्माता कम्पनी फुजुरेबायो इंकले कोभिड-१९ परिक्षण को लागि अत्यन्तै सहज र प्रभावकारी मानिएको, ७ हजार पिस एन्टिजेन किट निःशुल्क नेपाल पठाएको छ । जापानको Fujirebio Inc.ले नेपालको स्वास्थ्य मन्त्रालयलाई करिब रु. २१ करोडको 50,000 COVID-19 Antigen Kits नेपाल पठाएको छ ।

फुजिरेबायो इंक कम्पनी र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय गरिरहेका ग्लोबल नेपाल ट्रेडिङ् एण्ड कन्सल्टेंसीका ईन्टरनेश्नल मार्केटिङ् डाइरेक्टर कपिल देव थापाका अनुसार, उक्त कम्पनीले ५० हजार एन्टिजेन किट नेपाललाई उपलब्ध गराउने सहमती भएको छ । सो सहमती अनुसार आज बुधबार सेप्टेम्बर २ तारिख पहिलो पटक नेपाल एयरलायन्स मार्फत ७ हजार पिस नेपाल पठाईएको हो ।जस अन्तर्गत आज आज बुधबार दिन पहिलो चरण अन्तर्गत करिब रु ३ करोडको ७ हजार पिस एन्टिजेन किट नेपाल एयरलाइन्सबाट नेपाल पठाइएको गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिश्वब्यापी महामारीको रुपमा फैकिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) को कारण उत्पन्न जटिल परिस्थितिमा संयोजनकारी भूमिका खेल्नु भएका NRNA ICC Honorary Council Membe कपिल देव थापाले गर्नु भएको योगदानको उच्च मुल्यांकन गर्दै NRNA ICC को तर्फवाट आभार समेत ब्यक्त गर्नु भएको छ ।

साथै, COVID-19 को यस महामारीमा नेपाललाई अति उपयोगी Test Kits Fujirebio Inc. का प्रमुख Mr. Goki Ishikawa ले सहयोग गर्नु भएको छ ।








































