काठमाडौं, मंगलबार, १६ भाद्र २०७७ । सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८० औं शाखा संचालनमा ल्ल्याई बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखाको सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले उद्घाटन गर्नु भएको थियो ।
कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।
जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकलाई कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्ने जनाएको छ ।
सानिमा बैंकले ८० वटा शाखा, ८० वटा एटीएम. तथा १५ वटा विस्तारित काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।









































