काठमाडौं, सोमबार, १५ भाद्र २०७७ । हाल बन्द अवस्थामा रहेको काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

गत शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको बताउनु भएको थियो ।
काठमाडौं महानगरका जनप्रतिनिधि मुकुन्द रीजालको समन्वयमा बर्षौदेखि बन्द रहेको जनमैत्री अस्पताल आजबाट सुचारु भएको हो । अस्पतालमा सेबा दिन आउनु भएको डाक्टर,नर्स लगायतका स्बास्थ्यकर्मी,अस्पतालका कर्मचारीलाई पुस्पगुच्छासहित स्वागत गर्नु भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ७ का सभापति मुकुन्द रिजालको पहलमा वर्षौदेखि बन्द रहेको जनमैत्री अस्पताल कोभिड अस्पताल रुपमा आजबाट संचालनमा आएको हो । केही समय अगाडि सिमपानी न्युजलेले विशेष रिपोर्ट सहित भिडियो र समाचार प्रकाशित गरेको थियो ।









































