Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१:४९:१७ दिउँसो
- ADVERTISEMENT -

पोर्टल्यान्डमा ट्रम्पका समर्थक र आन्दोलनकारीबीच झडप, एक जनाको मृत्यु

प्रकाशित मिति: २०७७ भदौ १४, आइतबार

879
Shares

पोर्टल्यान्ड, आइतबार, १४ भाद्र २०७७ । संयुक्त राज्य अमेरिकाको ओरेगनमा बृहतरुपमा उपस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र ‘ब्लयाक लाइफ म्याटर्स’ का आन्दोलनकारीबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

सार्वजनिक भएका तस्बिरहरुमा देखिए अनुसार स्वास्थ्यकर्मीहरुले ती व्यक्तिको जीवन बचाउने कोसिस गरेका थिए । प्रहरीले मृत्यु हुनेको पहिचान खुलाएको छैन ।

पछिल्ला साताहरुमा पोर्टल्यान्डका सडकहरुमा निरन्तर प्रदर्शनहरु भइरहेका छन् । सहरमा प्रहरीको ज्यादती र जातीय हिंसाविरुद्ध प्रदर्शनहरु भइरहेका छन् । २५ मेमा एक गोरा प्रहरीले काला जातीका अफ्रो-अमेरिकन जर्ज फ्लोइडको हत्या गरेपछि प्रदर्शन सुरु भएको थियो ।

ट्रम्पका समर्थकहरुले निरन्तर तीन दिनदेखि जारी गरेको शनिबार साँझदेखिको र्‍यालीमा बृहत उपस्थिति थियो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउथ इस्ट र साउथ वेस्ट अल्डर स्ट्रिटमा गोली चलेको आवाज प्रहरीले सुनेको थियो । प्रहरी तुरुन्तै घटनास्थल पुग्दा एकजनालाई गोली लागेर ढलिरहेको थिए । तुरुन्तै मेडिकल टिमलाई बोलाएर बचाउने कोशिस गरे पनि त्यो सम्भव भएन र उनले अन्ति श्‍वास फेरेका थिए ।”

उक्त हत्या प्रकरणपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रहरीविरुद्ध आक्रोश व्यक्त भएका थिए । प्रदर्शनले व्यापक रुपमा लिन थालेपछि राष्ट्रपति ट्रम्पले जुलाईमा संघीय सुरक्षा बललाई खटाउँदै हिंसा रोक्न‍ निर्देशन दिएका थिए । बिबिसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -