Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१८:४८ दिउँसो
- ADVERTISEMENT -

आज शुक्रबार चार हजार सवारीसाधन कारबाहीमा

प्रकाशित मिति: २०७७ भदौ १२, शुक्रबार

733
Shares

काठमाडाैँ, शुक्रबार, १२ भाद्र २०७७ । काठमाडाैँ उपत्यकामा कोराना सङ्क्रमण बढेसँगै काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

शुक्रबार अनुमतिबिना काठमाडाैँमा एक हजार २२१, ललितपुरमा ४१० वटा र भक्तपुरमा दुई हजार २५५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले निषेधाज्ञाको उल्लङ्न गरेर सवारी साधन सञ्चालन गर्नेहरूको सवारी साधनलाई होल्डमा राखिएको बताउनुभयो ।

शुक्रबार मात्रै दिउँसो एक बजेसम्ममा तीन हजार ८८६ सवारी साधनहरू कारबाहीमा परेसँगै एक पटकभन्दा धेरै निषेधाज्ञा उल्लङ्घन गर्ने ५३३ वटा चारपाङ्ग्रे तथा एक हजार वटा दुई पाङ्ग्रेलाई कारबाही स्वरुप होल्डमा राखिएको छ ।

निषेधाज्ञा जारी भएको एक साता बितिसकेको समयमा निषेधाज्ञा तोड्ने सवारी साधनहरूलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्न सकिने महानगरीय ट्राफिक महाशाखाका एएसपी भीमप्रसाद ढकालले बताउनुभयो । सुरुका दिनमा केही घन्टा होल्ड गरेर सम्झाएर पठाएकाे र अहिले अटेर गर्नेमाथि एक-दुई दिन र तीनसम्म होल्डमा राख्ने गरेको ढकालले बताउनुभयो । एसएसपी ढकालका अनुसार निषेधाज्ञाको पालना नगर्नेमाथि सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार मुद्दासमेत चलाउन सक्ने प्रकृयामा पुग्ने अवस्था आएमा मुद्दासमेत चलाउने उहाँले बताउनुभयो ।

एसएसपी ढकालका अनुसार दैनिक एक हजार ५०० वटा सवारी साधनहरूलाई होल्डमा राखिएको बताउँदै यसलाई कम गराउन एक हजार ४०० भन्दा धेरै ट्राफिक सडकमा परिचालन भएको उहाँले स्पष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवानासमेत गराइरहेको एएसपी ढकालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -