काठमाडौं, मंगलबार, ९ भाद्र २०७७ । कोरोना भाइरसको संक्रमणबाट सोमबार ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं निवासी ७४ वर्षीय पुरुष र धुनषा निवासी ७६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
काठमाडौं निवासी पुरुष अस्पतालमा ६ गते भर्ना भएका थिए। त्यसैगरी धनुषा निवासी ७६ वर्षीय पुरुष साउन २५ अस्पतालमा भर्ना भएका थिए।








































