Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:११ बिहान
- ADVERTISEMENT -

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा

प्रकाशित मिति: २०७७ भदौ ९, मंगलबार

705
Shares

काठमाडौंँ, मंगलबार, ९ भाद्र २०७७ । बन्दाबन्दी खुुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ ।

बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शूून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताउनुभयो । उहाँले यही अवस्थामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुनेछ भन्नुुभयो ।

उहाँले उपत्यकासहित नेपालमा भने ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । देशका विभिन्न प्रयोगशालामा १० हजार २४३ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको हो । तीमध्ये २४६ महिला र ४९७ पुरुष छन् ।

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । प्रवक्ता गौतमले देशभर ११ हजार २७५ जना क्वारेन्टाइनमा रहेको बताउनुभयो । त्यसैगरी होम क्वारेन्टाइनमा चार हजार ५६१ जना छन् । विभिन्न अस्पतालका आइसोलेसनमा नौ हजार १५४ जना सङ्क्रमित उपचाररत छन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले काठमाडौँमा ४८ वर्षीया एक महिलासहित आठको मृत्यु भएको बताउनुभयो ।

यस्तै सुनसरीका ६७ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७१ वर्षीया महिला र रुपन्देहीमा ६७ वर्षीया महिला र ३८, ५३, ५४ वर्षीय पुरुष गरी आठ सङ्क्रमितको मृत्यु भएको हो । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -