जापान, आइतबार, ७ भाद्र २०७७ । जापानको टोकियोमा आज आइतवार एकैदिन थप २ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आज अगस्ट २३ तारिख टोकियोमा २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो शनिबार टोकियोमा २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
टोकियोमा ४ दिनयता लगातार २०० बढ़ी संक्रमित थपिएका छन । यससंगै टोकियो भित्र संक्रमितहरुको संख्या १९ हजार ३ सय ३३ जना पुगेको छ ।








































