काठमाडौँ, शुक्रबार, ५ भाद्र २०७७ । काठमाडौं महानगरपालिका १६ मा विहान ५ बजेदेखि ८ बजेसम्ममा अतिआवश्यक पसल खोल्न दिने भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को बढ्दो जोखिमलाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको निषेधाज्ञा पालना गर्नको लागि काठमाडौं महानगरपालिका वडा न १६ ले कडाई गरेको हो ।
का म न पा-१६ मा अति आवश्यक वस्तु खरिदका गर्नका लागि पसल बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र दिनको १ पटक खोल्न पाईने निर्णय गरिएको काठमाडौं महानगरपालिका १६ का अध्यक्ष मुकुन्द रीजालले जानकारी दिनुभयो ।
वडा अध्यक्ष रीजालले अति आवशयक बस्तुका व्यवसाय संचालन दिनको एक पटक तोकिएको समयमा मात्र सञ्चालन गर्नको लागि अनुरोध गर्नुभयो । साथै, औषधी पसल भने पूरा समय खोल्नको लागी आग्रह गर्नुुुभएको छ ।
अध्यक्ष रीजालले महानगरपालिका १६ वडा भित्र कुनै पनि स्बास्थ्य समस्या परेमा काठमाडौं महानगरपालिका १६ का जनस्वास्थ्य कामु प्रमुख (अहेव) रामचन्द्र पोख्रेल (9841596686) लाई सम्पर्क गर्न अनुरोध गर्नुभयो ।








































