Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३३:५६ बिहान
- ADVERTISEMENT -

निषेधाज्ञा कडा : १२ सय जना सहित ८ सय ८४ सवारी सडकमै होल्ड

प्रकाशित मिति: २०७७ भदौ ४, बिहीबार

814
Shares

काठमाडौं, बिहिबार, ४ भाद्र २०७७ । निषेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १ सय ७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६ सय ९२ वटा दुई पाङग्रे र १ सय ९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको जानकारी दिनुभयो । निषेधाज्ञामा पनि बाहिर हिडडुल गर्ने काठमाडौका ४ सय ३७ जना, ललितपुरका ४ सय ९८ जना र भक्तपुरमा २ सय ३५ जनालाई होल्डमा राखेको हो ।

उपत्यकाको सडकमा मात्रै निषेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन भएको एसएसपी यादवले जानकारी दिनभुयो । उपत्यकामा भाद्र ४ गते देखि १० गतेसम्मको लागि जारी गरेको निषेधाज्ञा पहिलो दिन बिहिबार काठमाडौ, भक्तपुर र ललिलपुरमा पुर्णरुपमा पालना गराउन प्रहरी सकृय भएको उहाँले बताउनुभयो ।

भक्तपुर जिल्लामा मनहरा पुलदेखि साँगासम्म सवारी साधनहरुको भिड हुने भएकाले निशेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ । भक्तपुरमा प्रहरीले विना काम हिडडुल गर्ने २३५ जनालाई प्रहरीले दुई घन्टासम्म होल्डमा राख्ने गरेको छ ।

महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले बिना काम बाहिर निस्कनेहरुलाई दुई घन्टा होल्डमा राखिएको जानकारी दिनुभयो । बिना पास र अत्यावश्यक सेवा बाहेकले हिड्ने सवारी साधनहरुलाई समेत प्रहरीले होल्डमा राखेको छ ।

काठमाडौंका मुख्य सडक तथा शाखा सडकहरुमा अतिआवश्यक कामका बाहेक अन्य सवारी साधनहरु संचालन भएका छैनन् । उपत्यकामा प्रवेश गर्ने साँगा, थानकोट नाकामा निक्कै कडाइ गरिएको प्रहरीले जनाएको छ । पहिलो दिने भएकाले निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने एसएसपी यादवले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -