काठमाडौं, बिहिबार, ४ भाद्र २०७७ । कोरोना संक्रमण बढेको भन्दै राजधानी काठमाडौंमा आजदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको पालना नगर्नेहरुलाई प्रहरीले दण्डित गर्ने नयाँ जुक्ति निकालेको छ ।
काठमाडौंका सडकमा अनावश्यक हिड्ने मानिसहरुलाई प्रहरीले होल्डिङ सेन्टरमा उभ्याउन थालेको छ । प्रहरीले बानेश्वर चोकको सडक किनारमा होल्डिङ सेन्टर बनाएको छ । जहाँ जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरुलाई राखिने गरिएको छ ।
व्यक्तिगत दूरी कायम राखी केहीबेर उभ्याउने र आइन्दा निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्ने गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक काम बाहेक घरबाहिर निस्किन बर्जित जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
उपत्यकामा पसलहरु बिहान सात बजेसम्म मात्रै खोल्न पाइने डियुटिका सुरक्षाकर्मी बताउँछन् । अरुबेला भीडभाड हुने काठमाडौंका सडकहरु निषेधाज्ञा जारी भएसँगै सुनसान देखिएका छन ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन ।








































