काठमाडौं, बुधबार, ३ भाद्र २०७७ । प्रहरी कर्मचारीलाई १ लाखसम्मको बिमा गरिने भएको छ ।
प्रहरी प्रधान कार्यलयका प्रहरी बरिस्ठ उपरीक्षक एबम केन्द्रिय प्रबक्ता कुबेर कडायतले आज एक बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) प्रतिकार र ब्यबस्थापनमा अग्रपंक्तिमा रहि अबिछिन्न कर्तव्यरत प्रहरी कर्मचारीहरु भाइरसको उच्च सङ्क्रमण जोखिममा रहेकाले निजको स्वास्थ्य सुरक्षा र मनोबल समेतलाई ध्यानमा राखी पहिलो बिमक कार्यलयको रुपमा नेपाल प्रहरीले सबै प्रहरी कर्मचारीको बिमा सम्झौता गरिने भएको हो ।
१ नेपाल सरकारको आर्थिक बर्ष ०७७/०७८ को बजेट बक्तब्य र नेपाल सरकार , अर्थ मन्त्रालय को निर्णय बमोजिम राष्ट्र सेबक कर्मचारीहरुका लागि बिमा कम्पनी सङ्ग बिमालेख गर्ने सम्बन्धमा बिमा समिती रामशाह पथले मिति २०७७/४/२१ गते प्रेस बिज्ञप्ति जारी गरि जानाकारी गराएको ।
२, सोही जानाकारीका आधारमा प्रहरी प्रधान कार्यलयले अग्रसरता लिइ मिति २०७७/४/२९ गते नेपाल प्रहरी मा रुजु हाजिर रहेका सबै कर्मचारी हरुको रु १००००० सम्मको कोरोना बिमा राष्ट्रिय बिमा कम्पनीमा गराएको ।
३. बिमा कम्पनीको नीति अनुरुप बिमा गराइएको १५ दिनपछि बिमा लेख ग्राह्य हुने हुदा बिमा गरेको मिति पश्चात अर्थात मिति २०७७/५/१२ गतेबाट कोरोना बिमा लागू हुने ।
४ कोभिड १९ बिमा policy लागू हुने अघि संक्रमित भएका प्रहरी कर्मचारीहरुको सेवा सुबिधा सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम गरिने र प्रहरी प्रधान कार्यलय बाट समेत उच्च प्राथामिकतामा राखी यस सम्बन्धमा उचित निर्णय लिइने ।
साथै, कोरोना भाइरसका कारण उत्पन्न आजको जटिल परिस्थितिमा कार्यरत सबै प्रहरी कर्मचारीप्रति प्रहरी प्रधान कार्यालय पुर्बवत जवाफदेही र संबेदनशील रहेको स्मरण गराउदै राष्ट्र र नागरिकको पबित्र सेवा र सुरक्षाका निम्ति सदैब झन बढी समयमित र उच्च सतर्कतासहित कार्यरत रहन सबै प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।








































