काठमाडौं, मंगलबार, २ भाद्र २०७७ । नेपाली कांग्रेसले बाढी-पहिरोमा उद्वार र राहतका लागि पहिलो चरणमा ३० जिल्लामा सहयोग गरेको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोरोनाको कहरकै बीच विभिन्न स्थानमा बाढी–पहिरोले जनधनको क्षति भएकोमा कांग्रेसले आफ्नो तर्फबाट सहयोग गरेको बताउनु भयो ।
बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५ लाख सहयोगका रुपमा १ लाख ५० हजारका दरले ३० जिल्लामा रकम दिने निर्णय भएको उहाँको भनाइ छ ।









































