Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:३६ बिहान
- ADVERTISEMENT -

पहिलोपटक अमेरिकामा गोर्खाली फूटबल लिग सम्पन्न

प्रकाशित मिति: २०७५ असोज १४, आइतबार

3170
Shares

अमेरिका (न्यू मेक्सिको), १४ असोज २०७५ । नेपाल विद्यार्थी संघ अमेरिकाद्वारा आयोजित गोर्खाली फूटबल लिगको समापन भएको छ ।

अमेरिकाको न्यू मेक्सिको राज्यस्थित युनिभर्सिटी अफ न्यू मेक्सिकोको जोन्सन फिल्डमा गत सेप्टेम्बर १ देखि सुरू भएको अमेरिकाकै पहिलो उक्त फूटबल लिग शनिबार अन्तिम खेलको आयोजना तथा बिजयी खेलाडीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरी संम्पन्न गरिएको नेपाल विद्यार्थी संघ अमेरिकाका प्रवक्ता त्रिभुवन पाण्डेले जानकारी दिनुभयो ।

सगरमाथा टिम तथा अन्नपूर्ण टिमबीच भएको उक्त फाइलन खेलमा अन्त्यन्तै कडा प्रतिस्पर्धाका बीच सगरमाथाले अन्नपूर्णसँग १-० को गोल अन्तर कायम गर्दै लिगको विजेता बनेको थियो । फाइनल खेल समापन भए लगत्तै खेलाडीहरूको मनोबल बढाउन तथा प्रतिस्पर्धी खेलाडीहरूलाई धन्यवाद ज्ञापन गर्न पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो।

नेपाल विद्यार्थी संघ अमेरिका, न्यू मेक्सिको च्याप्टरका अध्यक्ष नविन पाण्डेको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो भने युनिभर्सिटी अफ न्यू मेक्सिकोका प्रोफेसर डा. राइली ह्वाइटले विशेष अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतियोगी चारवटा टिम, युनिभर्सिटीमा अध्ययनरत अन्य विद्यार्थी तथा स्थानीय नेपाली समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ न्यु मेक्सिको च्याप्टरका अध्यक्ष नविन पाण्डेले यस्ता कार्यक्रमले नेपाल भन्दा बाहिर रहेका विद्यार्थीमा आपसी सहयोग, मेलमिलाप र भातृत्व कायम गर्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल विद्यार्थी संघले निकट भविष्यमै क्रिकेट र अन्य खेलहरूको पनि आयोजना गर्ने तयारी गरिरहेको जानकारी समेत गराउनुभयो ।

त्यसैगरी प्रमुख अतिथि डा. पौडेलले आगामी दिनहरूमा खेलकुदका गतिबिधीहरूलाई अझै बृहतरुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका बिशेष अतिथि डा. ह्वाइटले नेपाली खेलाडीहरूको खेल कौशललाई प्रशंसा गर्दै नेपाली विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपलाई अझै संगठित ढङ्गबाट बिकास गर्दै जानुपर्ने र त्यस कार्यमा आफूले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

विद्यार्थी विराज रावलले संचालन गर्नुभएको उक्त कार्यक्रममा उहाँले खेलकुदले सबैलाई एकत्रित गर्नमात्र नभई शारीरिक तथा मानसिक स्फूर्ति पनि प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमहरू अन्य विश्वविद्यालयहरूमा समेत बिस्तार गर्दै लैजानुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -